पुस्तकालय सरसफाइ, वृक्षारोपण तथा छलफल कार्यक्रम सम्पन्न

पुस्तकालय सरसफाइ, वृक्षारोपण तथा छलफल कार्यक्रम सम्पन्न

अठारौँ पुस्तकालय दिवसको पूर्वसन्ध्यामा २०८२ भदौ १३ गते शुक्रबार नेपाल राष्ट्रिय पुस्तकालयमा सरसफाइ तथा छलफल कार्यक्रमको आयोजना गरियो । पुस्तकालयको नियमित अध्ययन गर्न आउने पाठक र पुस्तकालयका कर्मचारीको सहभागितामा सञ्‍चालित सो अवसरमा पाठकसँग पुस्तकालयको बारेमा छलफल गर्नुका साथै पाठकहरूबाट केही रचनात्मक प्रस्तुति समेत भएका थिए । पाठकहरूका तर्फबाट श्री सुनिल यादवले नेपाल राष्ट्रिय पुस्तकालयमा अध्ययन गर्न आउँदाको अनुभव सुनाउनु भएको थियो भने श्री हेमन्त राज ओझाले पुस्तकालयको महत्व शीर्षकमा गजल वाचन गर्नुभएको थियो । यसैगरी श्री विसोजीत कुमार महतोले गजल, श्री आनन्द शर्माले मुक्तक, श्री दिपक कुमार साहले कविता र श्री प्रकाश पुनले कविता वाचन गर्नुभएको थियो ।

छलफल पश्चात पाठकहरुको सहभागितामा पुस्तकालय परिसरमा वृक्षारोपण गरिएको थियो । सो अवसरमा धुपी, अशोक, कपुर, अम्बालगायतका विभिन्न जातका विरूवा रोपिएका थिए । वृक्षारोपण पश्चात पुस्तकालय परिसरको सरसफाइ गरिएको थियो । वृक्षारोपण र सरसफाइ कार्यक्रमका सहभागीलाई पुस्तकालय दिवसको प्रचार प्रसारको लागि पुस्तकालयले तयार गरेको टिसर्ट वितरण गरिएको थियो भने सो समयमा पुस्तकालयमा उपस्थित सम्पूर्ण पाठकहरूलाई नेपाल राष्ट्रिय पुस्तकालयको प्रचारात्मक डटपेन समेत वितरण गरिएको थियो ।